उदयपुर– श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
गाउँपालिका–४ थाना गाउँ घर भई त्रियुगा नगरपालिका–६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंग बहादुर घिसिङ तामाङ आफ्नै २८ वर्षीया श्रीमती प्रमिला लामाको हत्या अभियोगमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार जंग बहादुरले विवादको क्रममा खुकुरी प्रहार गरी प्रमिलाको हत्या गरेका थिए ।
पक्राउ उनीमाथि थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।