काठमाडौँ– भर्खरै भएको प्राकृतिक विपत्तिमा मल्हम लगाउन भारत सरकारले नेपाललाई बेलीब्रिज अनुदान दिने भएको छ ।


ADVERTISEMENT


भारतबाट सरकारले २० वटाभन्दा बढी बेलीब्रिज अनुदानमा ल्याउने गरी छलफल भइरहेको बताइएको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतले बेलीब्रिज सहयोग गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिए । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुगेका थिए । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो ।

सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिए । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए ।

सिन्धुपाल्चोकमा वर्षेनी प्राकृतिक विपद्ले क्षति पु¥याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ । भारत सरकारले नेपालमा हुने गरेका प्राकृतिक विपत्तिहरुमा निरन्तर सहयोग जारी राख्ने गरेको छ ।