काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रहरी बुधबार मध्यान्हमा पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन गौशालास्थित पुगेका थिए । तर, धर्मशाला खाली गराउन मारवाडी सेवा समितिले प्रतिकार गरेपछि थप महानगरीय प्रहरी बल त्यहाँ पुगेका छन् ।
धर्मशाला खाली गराउन पुगेको काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली गराउने चेतावनी समेत दिएका थिए ।
वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले गौशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने चेतावनी दिएको हो । अन्ततः मारवाडी सेवा समितिले गौशाला खाली गराउन अफिसियल पत्र लिएर आउन महानगरप्रहरीलाई भनेपछि महनगरले प्रहरी बल लगाएर धर्मशाला खाली गराउनतर्फ लागेको छ ।