राहुल गुप्ता, बारा – श्री जनज्योति बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले नेपालीहरुको महान् पर्व बडादशैँ, शुभ दिपावली, नेपाल सम्वत एवम् छठपर्वको अवसरमा जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित सो कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भिम बहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जितपुर सिमरा उपमहानगर पालिका–१४ रजघट्टाका वडाध्यक्ष चयन गुरुङ्गले विजयादशमीमा माता भगवतीले सबैको कल्याण गरुन् , सबै निरोगी रहुन् , देशमा अमन , शान्ति छायोस्
तथा सबै एकआपसमा मिलेर बस्न सक्ने शक्ति माताले प्रदान गरुन् भन्दै शुभकामना दिए ।
सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख चन्द्रमणि भट्टराई, जिल्ला बचत तथा सहकारी संघ बाराका राजु प्रसाद अधिकारी, पत्रकार राहुल गुप्त , अस्थायी प्रहरी पोस्ट डुमरवानाका प्रहरी सहायक निरीक्षक निल प्रसाद मैनाली, सप्तरङ्गी साकोसका शोभा केसि, उधमशिल साकोसका ओमनाथ पौडेल, मुना खरेल, सालिकराम अधिकारी, राजु कुमार कार्कि, यज्ञ प्रसाद तिवारी, हेमा कुमारी क्षेत्री, वेद कुमारी लामिछाने लगायतकाको उपस्थिति रहेको थियो ।