विराटनगर– छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित १२ जनालाई पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले सुनसरी, झापा र धनकुटाबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–४ का २२ वर्षीय अनिल बि.क, २३ वर्षीय कन्चन राई, २२ वर्षीय संदिप राई, २५ वर्षीय करण राई, २३ वर्षीय आकाश राई, २२ वर्षीय अस्मिन राई, २४ वर्षिय हेमन राई रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ट्रमाडोल ३०५ पिस र डेकोलिक २१० वटा बरामद समेत गरेको छ ।

यसैगरि, ईलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका– १५ परिवर्तित मार्गस्थित धरान उपमहानगरपालिका– १५ का २८ वर्षीय राजु थापा र २८ वर्षीय अभिषेक मगरको साथबाट ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेका छन् ।

यस्तै, लागु औषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाले इलाम नगरपालिका–९ का ३२ वर्षीय दिपेन्द्र राणा मगरलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका– ७ त्रिवेणी स्थितबाट छथरजोरपाटी गाउपालिका–४ का २६ निर्मल विश्वकर्मा र धनकुटा नगरपालिका–७ का ३१ वर्षीय विजय मल्लिकलाई २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर, ट्रामानिल(१४ क्याप्सुल, स्पास्मो–१५ ट्याव्लेट र ट्रमान५०४ क्याप्सुल सहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।