काठमाडौँ– काठमाडौँको हनमान ढोकामा फूलपाती भित्र्याइँदै छ । गोरखा दरबारबाट पठाइएको फुलपाती हनुमानढोका भित्र्याउन लागेको हो ।
गोरखा दरबार हेरचाह अड्डाले बिहान यातायतको साधनमा राखेर फूलपाती काठमाडौं पठाएको थियो। नेपाल एकीकरण पछि राजधानी काठमाडौं सारिए पछि फूलपाती लैजाने चलन सुरु भएको हो ।
विगतमा बोकेर लाने गरिएकोमा सडक सन्जालको विस्तारसँगै यातायतको साधनमा फूलपाती ल्याउने गरिएको छ ।