काठमाडौं-साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्यको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार विमोचन गरेका छन् ।


ADVERTISEMENT


स्याङ्जा साहित्य परिषद्को आयोजनामा परिषद्का अध्यक्ष डा महेश्वर शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्राध्यापम डा सुकुम शर्माले महाकाव्यकारको कृतित्व र व्यक्तित्व तथा समीक्षकद्वय ईश्वरचन्द्र ज्ञवाली र देवी सुवेदीले विमोचित महाकाव्यबारे टिप्पणी गरेका थिए ।


ADVERTISEMENT

# # #


विसं २०११ मा स्याङ्जाको ज्याग्दी खोलामा जन्मेका लम्सालको यो आठौँ सिर्जनात्मक कृति हो । स्याङ्जा ज्याग्दी खोला क्षेत्रमा करीव साढे तीन दशकसम्म शैक्षिक जागरणमा बिताएका लम्साल जनप्रिय माविका पूर्वप्रधानाध्यापक र जनप्रिय माविको संस्थापक प्राचार्य रहेका छन् ।