काठमाडौँ– मारवाडी सेवा समितिका संरक्षक शशिकान्त अग्रवालले ‘गौशाला धर्मशालामाथि महानगरबाट अनादर भएको बताएका छन् ।


ADVERTISEMENT


महानगरले गत बुधबार काठमाडौँ महानगर प्रहरी बलले माडवाडी सेवा समितिका सदस्यहरुलाई बलपूर्वक हटाएर महानगरद्वारा सञ्चालिक गौशाला धर्मशाला लेखिएको बोर्ड राखेको थियो । सो क्रममा केहिबेर माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच घम्साघम्सी समेत भएको थियो ।


ADVERTISEMENT

# # #


सोही महानगरको गतिविधि गौशाला धर्मशालामाथि अनादर भएको संरक्षक अग्रवालले बताएका हुन् । गौशला धर्मशालाबाट सेवाभावको काम भइरहेको उनको भनाई छ । उनका अनुसार गाई पालेर पशुपतिनाथ मन्दिरलाई दूध चढाउने र त्यसका लागि २५० भन्दा बढी गाई पालिएको छ। अहिले पनि ६० भन्दा बढी दुहुना गाई छन्। त्यहाँबाट दैनिक २९ लिटर दूध पशुपतिनाथलाई चढाइँदै आएको उनले जनाए ।

यसैगरि, हरेक शनिबार ५०० भन्दा बढीलाई निःशुल्क भोजनको व्यवस्था गरिन्छ। गरिब, असाहय तथा वैदेशिक रोजगारीमा हिडेकालाई निःशुल्क गाँस र बास दिइन्छ।

तर, यता महानगर तथा कोषले भने समितिले धर्मशालालाई व्यावसायिक थलो अरोप लगाएको छ । अग्रवालले पालिएको भनिएको गाईबाट उत्पादित दूध बेच्ने गरिएको र गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटै सटर मासिक ३५ हजार रुपैयाँसम्ममा भाडामा लगाएको दुई पक्षको भनाई छ ।