हेटौडा – ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, बागमती प्रदेश कार्य समितिका पदाधिकारीहरु, जिल्ला कार्य समितिका पदाधिकारी, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गरे ।
कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखबाट दोसल्ला ओढाएर सम्मान गरे ।
साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्त गर्ने ती अमर शहीदहरू प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गरेका थिए ।



























































