उदयपुर– मेचीमहाकाली सडकआश्रित मानव उद्धार राष्ट्रिय अभियान अन्तर्गत बिहिबार उदयपुरको चौदण्डीगढी नगरपालिका पुगेको उद्धार टोलीले बिहिबार १३ सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरेको छ ।


ADVERTISEMENT


मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा हाल सम्म भेटिएका ४१ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बिहिबार उद्धार टोलीले उदयपुरको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरूको उद्धार तथा सेवा गरेका थियो । बुधबार उदयपुर आइपुगेको टोलीले बिहिबारबाट उद्धार सुरु गरेको हो । टोलीले बिहिबार बेलका नगरपालिकाबाट ७ जना र चौदण्डीगढी नगरपालिकाबाट ६ जना गरि १३ जनाको उद्धार गरेको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।

मेची महाकाली सडकआश्रित मानव उद्धार राष्ट्रिय अभियानका अभियान्ता तथा आनी छोइङ डोल्मा फाउन्डेसन अध्यक्ष आनी छोइङ डोल्माले आगामी २०८२ साल सम्ममा नेपाललाई सडकमानव मुक्त राष्ट्र बनाउने अभियान सहित मेचीमहाकाली सडकआश्रित मानव उद्धार राष्ट्रिय अभियान आफुहरुले सुरु गरिएको बताइन् ।

उद्धार गरिएका सडकआश्रित मानवहरूको मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा गृह प्रवेश गराइने बताइएको छ ।