काठमाडौँ– बानियाँ वन्धु समाजद्वारा आयोजित टिका ग्रहण तथा शुभकामना आदान–प्रदान सम्पन्न भएको छ ।
बिहिवार कांग्रेसका बागमति प्रदेश सभापति ईन्द्र बानियाँको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा सहभागीहरुले अग्रजहरुबाट टिका तथा आशीर्वाद ग्रहण गरे ।
समारोहलाई सम्बोधन गर्दै सभापति बानियाँले दसैँ नकरात्मक पक्षको अन्त्य गर्ने र सत्यको जितको उत्सव भएको बताए ।
‘दसैँले सबैमा सत्य उजागरण गर्ने शक्ति दिऊन् भनेर उनले शुभकामना समेत दिए ।





























































