काठमाडौं-वल्र्ड क्रिकेट लिग डिभिजन–टु मा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदैछ ।


ADVERTISEMENT


नामिबियामा भएको प्रतियोगीतामा उपविजेता बन्दै आसन्न विश्वकप छनोटमा प्रवेश गरेको नेपाली टोली राती ८ बजे काठमाण्डौ आइपुग्ने टोलीका टेक्निकल एनलिष्ट रमन सिवाकोटीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


समुह चरणका ५ मध्ये ४ मा जित निकाल्दै समुहको शीर्ष स्थानमा रहँदै विश्वकप छनोटमा प्रवेश गरेको नेपाल, उपाधी भिडन्तमा भने युएईसँग ७ रनले पराजित भएको थियो ।

नेपाल आएलगत्तै नेपाली टोली आगामी २० गतेबाट जिम्बाबेमा हुने एक दिवसिय विश्वकप छनोटको तयारीमा जुट्ने छ ।