विराटनगर(रासस)-मोरङको बूढीगंगा गाउँपालिकामा भारती लहरी र कार एक आपसमा ठक्कँर खाँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार बूढीगंगा गाउँपालिका –३ हुलासवायर उद्योग अगाडि शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय एनएल–०१–डि–२३६९ नं को लहरीले विपरित दिशाबाट जाँदै गरेको बा १० च ८२१७ नं को कारलाई ठक्कँर दिँदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा सुनसरी दुहवी नगरपालिका –४ का २५ वर्षीय प्रज्ज्वल दाहाल छन् । घाइते भएका दुहवी–५ का २६ वर्षीय विकाश भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि लहरीका चालक फरार भएकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।