काठमाडौँ– राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको गुनासो गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफुले धेरै योगदान दिएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका हुन् ।
उनले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको दाबी गरे । गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गरे ।
गौतमले पहिरोमा परि त्रिशुलीमा दुईवटा बस बगाएपछि आफुले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिएपनि सरकारले त्यसलाई नसुनेको बताउनुभयो । विश्वका क्षमतावान विज्ञहरुलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्याङ्कन र पहिरो रोकथाम गर्न आफुले यसअघि नै सुझाव दिएको उनले बताए । तर आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उनले गुसनासो छ ।
उनले आफुले प्रयाप्त अध्ययन गरेर नै बाढीपहिरोका बारेमा बोलेको उल्लेख गरे । त्यस्तै गौतमले सहकारीका कारण भ्रष्टाचार व्याप्त देखिएकाले सहकारी दुरुपयोगमा संलग्नलाई निर्मम तवरले कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाले कुनै पार्टी वा व्यक्ति नहेरि सहकारी प्रकरणका दोषीलाई कारवाही गर्नुपर्ने जनाए ।



























































