काठमाडौं-लाहोर ६ बर्षीया बालिका जइनब अन्सारीको बलात्कार तथा हत्या गरेको अभियोग लागेका २४ बर्षीय इमरान अलीलाई पाकिस्तानको एउटा अदालतले चार पटक फाँसीको फैसला सुनाएको छ ।


ADVERTISEMENT


जईनब अन्सारीको मृत शरीर गत महिना लाहोरदेखि दक्षिणतर्फ पर्ने कसुर नगरमा फोहरमैला फ्याँक्ने स्थानमा भेटिएपछि पाकिस्तानभर आक्रोश व्यक्त भएको थियो ।


ADVERTISEMENT

# # #


२४ बर्षी इमरान अलीले ती बालिकाको हत्या र बलात्कारमा आफु संलग्न रहेको स्वीकार गरेका थिए । अन्य बालबालिकालाई पनि आफुले आक्रमण गरी हत्या गरेको स्वीकार गरेका अलीमाथि पञ्जाब सहरमा कम्तीमा सात बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको छ ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री र प्रहरीले बालिका हत्याका अन्य घटनामा अपनि अलीनै संलग्न रहेको बताएका छन् ।