काठमाडौँ – काठमाडौँमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्सविरुद्धको खेलमा नेपालले पहिलो हाफमै ४ गोल गरेको छ । काठमाडौँको दशरच रंगशालामा भइरहेको खेलमा नेपालले पहिला हाफमा माल्दिभ्सलाई ४–० गोलले पछि पारेको हो ।
जसक्रममा रेखा पौडेलले २ गोल गरिन् भने प्रीति राई र सविता राना मगरले १–१ गोल गरे । खेलको छैटौँ मिनेटमै प्रितीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । यस्तै २९औँ मिनेटमा सबिताले गोल गर्दै नेपाललाई २–० को अग्रतामा पुर्याइन् । त्यसपछि ३२औँ र ४२औँ मिनेटमा गोल गोल गरिन् ।



























































