विराटनगर – सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


कात्तिक ५ गते दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका(१ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चताराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर हतुवागढी– का २३ वर्षीय समुथल राई र १८ वर्षीय विश्वहाङलाई १०० मिलीग्राम खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजको प्रहरी टोलीले बर्जु गाउँपालिका–२ स्थितबाट २९ किलोग्राम ४५५ ग्राम गाँजा सहित धरान उप–महानगरपालिका–१७ का २९ वर्षीय सपन राईलाई नियन्त्रणमा लिएको छ । यस्तै अस्थायी प्रहरी चौकी देउराली सुनसरीले धरान–१४ का ३० वर्षीय महेश कुमार तामाङलाई ट्रामाडोल ४ सय चक्की र स्पारेट–४ सय चक्की सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीले ईटहरी उप–महानगरपालिका–४ का ३८ वर्षीय हेमनारायण यादव र ईटहरी–३ का २९ वर्षीय विजय लिम्बुलाई लागू औषध SPASMO PROXYVON १२० चक्की र १६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१८ का १८ वर्षीय अभिषेक मण्डललाई ६ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

अवैध मदिरा बोकेको सवारी साधन नियन्त्रण

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो ।

वरामद भएको अवैध मदिरा, मदिरा ओसार पसारमा संलग्न बुद्धशान्ती गाउँपालिका( ३ का महेन्द्र बर्देवा, सवारी साधन र चालक बुद्धशान्ती–३ का सनम राई समेतलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।