काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको १४९औँ महासभामा नेपालको सहभागिता उपलब्धीमुलक रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपालको संघीय संसदको नेतृत्व गर्दै स्वीजरल्याण्डको जेनेभामा भएको महासभाको भम्रण फलदायी रहेको जानकारी दिए । शान्तिपूर्ण र दिगो भविष्यका लागि विज्ञान र प्रविधि र नवप्रर्वतनमा समतामुलक पहुँचलाई आम हितमा जानुपर्छ भन्ने विषयलाई गम्भीरताका साथ महासभामा उठाएको उनले बताए ।


ADVERTISEMENT

# # #


जलवायु परिवर्तनका कारण नेपालजस्तो अति कम विकसित राष्ट्रहरुले भोगिरहेको समस्या र क्षतिको न्यूनीकरण गर्ने बारेमा विश्व समुदायको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । महासभाको बैठकमा विभिन्न राष्ट्रका प्रतिनिधिहरुसँग भएको साइडलाईन भेटवार्ता पनि उपलब्धी भएको उनले जिकिर गरे ।

यस्तै उनले नेपालको संविधान, निर्वाचन प्रणाली संसदमा, प्रतिनिधित्व संसदीय समितिहरु तथा अन्य प्रतिनिधि मण्डलमा महिला युवा लगायतका विषयगत समितिमा सम्बोधन गर्ने विषयमा जोड दिएको बताए ।

आइपीयुको सचिवालयमा प्रतिनिधि मण्डलको सहभागिता मात्र नभई नेपाललाई पनि काम गर्ने अवसर दिन आग्रह गरिएकोमा महासभाका अध्यक्षले सकारात्मक देखाएको उनले जिकिर गरे । गत असोज १७ देखि कात्तिक १ गतेसम्म जेनेभामा भएको महासभामा ९ सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहालले सहभागिता जनाएका हुन् ।