काठमाडौं-काठमाडौंको काँडाघारीमा १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।


ADVERTISEMENT


गत माघ २७ गते कागेश्वरी मनहरा नगरपालिका–८ स्थित काँडाघारीमा १३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा २२ बर्षिय दिनेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


‘बलात्कारमा संलग्न उदयपुरका दिनेश गुरुङ लाई हामीले नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’

बारा स्थायी घर भएकी बालिकालाई काँडाघारी स्थित एकान्त ठाउँमा लगेर उदयपुरको कटारी नगरपालिका स्थायी घर भएका गुरुङले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गुरुङलाई शनिवार बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको डिएसपी पौडेलले जानकारी दिएका छन् ।