काठमाडौँ – रक्षा मन्त्रालयले पछिल्ला तीन महिनामा मन्त्रालय र माततहतका निकायले गरेको काम कारबाहीका उपलब्धि सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयले राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस द्रुतमार्ग अन्तरगतको धेद्रे सुरुङ छिचोल्ने (ब्रेकथु्र) र बुङमती क्षेत्रमा २२५ रोपनी जग्गाको मुअब्जामा पूँजीगत लाभकर छुट दिने कार्यलाई पछिल्लो महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।


ADVERTISEMENT

# # #


आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न विभिन्न समूहमा विभाजन गरी निर्माण एकैसाथ अघि बढाइएको मन्त्रालयको भनाइ छ । मन्त्रालय मातहत सेनाको व्यवस्थापनमा निर्माणाधिन महाकाली कोरिडोरको दार्चुला–टिंकर तथा बेनिघाट–आरुघाट–लार्केभन्ज्याङ सडक आयोजनाको भौतिक प्रगति पनि लक्ष्यअनुरुप नैअघि बढिरहेको मन्त्री मानवीर राईले बताए । मन्त्री राईले अहिलेको संविधान, नियम कानूनका आधारमा मन्त्रालयले काम गरिरहेको र यसलाई अझ सशक्त र थप प्रभावकारी बनाउने गरी अघि बढ्ने बताए ।

त्यसतै मन्त्री राईले विगतको द्वन्द्वकालमा क्षति भएका तथा नयाँ निर्माण गरिने सैनिक ब्यारेकसहितका पूर्वाधार संरचना कार्यक्रम ‘बङ्करदेखि ब्यारेक’अन्तर्गत यस वर्ष ब्यारेक भवन निर्माणका लागि तय भएका ७३ कार्यक्रममध्ये ५४ वटा कार्यक्रमको बोलपत्र आह्वान भइ ठेक्का सम्झौता समेत बताउनुभयो । मन्त्री राईले छिमेकी देशहरुसंग कुटनिति सम्वन्धलाई सवल बनाउदै बार्ता र छलफलका माध्यम बाट सल्टाएर जाने कुरामा लागि पर्ने बताए ।

मन्त्रालयले सय दिनमा राज्य सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत परियोजना र रक्षा मन्त्रालय र नेपाली सेनाले जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक सम्पन्न गरेको जनाएको छ ।