काठमाडौँ – सरकारले नेपाल प्रहरीको जनपदतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


राणालाई बढुवापछि प्रदेश समन्वय विभाग नक्सालमा खटाउने निर्णय भएको छ । उनी बिहीबारदेखि अनिवार्य अवकाशमा जाने भएकाले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेर एक दिन कार्यभार सम्हाल्नेछिन् ।

यस्तै प्राविधिक स्वास्थ्य समूहतर्फबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक डीआईजी डा. सुन्दरप्रसाद ह्योजुलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको समेत प्रवक्ता गुरुङले जानकारी दिए ।

ह्योजुलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदस्थापना गर्ने निर्णय भएको उनले बताए ।