काठमाडौ– काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँबाट लाइभ देखाउने भएको छ ।


ADVERTISEMENT


दशरथ रंगशालामा साँझ ६ः३० बजे नेपाल–बंगलादेश बीच हुने फाइनल खेल महानगरले तीन ठाउँबाट लाइभ गर्ने भएको हो । उक्त लाइभ टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।


ADVERTISEMENT

# # #


नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दाबी छ ।