तेहरान – इरानमा भएको यात्रुबाहक विमान दुर्घटनामा ६६ जनाको मृत्यु भएको छ । ईरानी मिडियाका अनुसार आइतबार राजधानी तेहरानबाट यासुज उडान भर्नेक्रममा विमान दुर्घटना भएको हो ।


ADVERTISEMENT


आपत्कालिन सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै समाचार एजेन्सी आइएसएनले विमान सेमिरोमको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


सेमिरोम तेहरानबाट ६२० किलोमिटर दक्षिणमा रहेको ग्रामिण क्षेत्र हो ।  इरानको रेड क्रिसेन्टले दुर्घटनाको समय त्यसक्षेत्रमा बाक्लो कुहिरो लागेको जनाएको छ ।

राज्यद्वारा सञ्चालित प्रेस टिभीका अनुसार असेमान एयरलाइन्सको विमानमा ६० जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए ।

असेमान एयरलाइनस सेमीप्राइभेट एयरलाइन्स कम्पनी हो जसको हेडक्वाटर तेहरानमा रहेको छ । यसले देशको ग्रामिण क्षेत्रमा उडान भर्नुका साथै अन्तर्राष्ट्रिय उडान पनि भर्दै आएको छ ।

दुर्घटना परेको विमान एटिआर–७२ मोडलको रहेको बताइएको छ ।