काठमाडौँ – नेपाली क्रिकेट टोली हङकङमा जारी ६ ओभरको क्रिकेट प्रतियोगिता ‘हङकङ सुपर सिक्सेस’को क्वाटर फाइनल प्रवेश गरेको छ । शुक्रबार प्रतियोगिताको नेपालकै समूह ‘बी’मा रहेको अष्ट्रेलियाले इंगल्याण्डलाई हराएपछि नेपाल अष्ट्रेलियासँग खेल्नु अघि नै दोस्रो चरणमा प्रवेश गरेको हो ।


ADVERTISEMENT


यसअघि आजै नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको थियो । सुरुमा ब्याटिङ गरेको इंगल्याण्डले ५.५ ओभरमा सबै (६ वटै) विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले ४.२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका कप्तान सन्दीप जोराले १२ बलमा ६ छक्का र ३ छक्काको मदतमा नटआउट ५० रन बनाएका थिए ।


ADVERTISEMENT

# # #


नेपाल र अष्ट्रेलियासँग हारेसँगै इंगल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेल भोलि अष्ट्रेलियासँग खेल्दैछ । खेल नेपाली समय अनुुसार शनिबार बिहान ६ः१५ बजे सुरु हुनेछ । शुक्रबार समूह ‘बी’को विजेता बनेमा नेपालले हङकङसँग खेल्नेछ भने हारेमा श्रीलंकासँग खेल्नेछ । ।

हङकङ सिक्सेसमा सहभागी १२ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । जहाँ प्रत्यके समूहका २ टोली क्वार्टर फाइनलमा पुग्नेछन् भने पुछारका टोली प्रतियोगिताबाट बाहिरिनेछन् । जस अनुुसार समूह ‘ए’बाट आयोजक हङकङ र दक्षिण अफ्रिका क्वार्टर फाइनलमा पुगेका छन् भने न्यूजिल्याण्ड बाहिरिएको छ । यस्तै समूह ‘सी’बाट पाकिस्तान क्वार्टर फाइनल पुगेको छ भने भारत र युएईबीचको खेलको विजेता टोली पनि क्वार्टर फाइनल पुग्नेछ ।

समूह ‘डी’बाट श्रीलंका र बंगलादेश क्वार्टर फाइनलमा पुगेका छन् भने ओमान बाहिरिएको छ ।