काठमाडौं – मोरङ, बिराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत २८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।