काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पीपलको बोटमा पानी हालेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।


ADVERTISEMENT


पहिलो कार्यकालमा निवास बालुवाटारमा रोपेको पीपलको बोटलाई पानी हालेर उनी सरकारी निवास प्रवेश गरेका हुन् । शुक्रबारको साइत पारेर बाजागाजाका साथ उनी त्यहाँ सरेका हुन् ।
ओलीको स्वागतका लागि नेता कार्यकर्ताको उल्लेख्य भीड रहेको थियो ।


ADVERTISEMENT

# # #


ओली बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए । शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडेर बूढानीलकण्डस्थित निजी निवासमा सरेपछि ओली सरेका हुन् ।