काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


देउवा सर्वसम्मत रूपमा चयन हुने अवस्था नरहेको बताउँदै उनले सहमतिका लागि महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्नुपर्ने धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


भर्खरै सम्पन्न बिभिन्न चरणका निर्वाचनहरुको परिणामले देउवा दलको नेता बन्ने आधारबाट टाढिएको उनको भनाई छ ।

‘संसदीय दलको नेतामा देउवाजी सर्वसम्मत रूपमा बन्ने अवस्था छैन । बरु सर्वसम्मतीको लागि सशांक कोइराला अघि सर्नुपर्छ ।’ आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले भने, संसदीय दलको नेतामा अब नयाँ अनुहार आउनुपर्छ ।

अबको पाँच वर्ष कांग्रेस जिम्मेवार प्रतिपक्ष बन्ने उनले बताएका छन् ।

‘अबको पाँच वर्ष हामी सशक्त प्रतिपक्षको रुपमा उभिन्छौं । सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्छौं, गुण र दोषका आधारमा हामी समर्थन गर्छौं’ उनले भने ‘एमालेले ०४८ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हनिमुन पिरियोड पनि मनाउन दिएन, तर हामी त्यो अवस्थामा छैनौं’ ।