उदयपुर– यहाँ छठ पूजाको तयारी पुरा भएको छ । साझा सांस्कृति धरोहरको रुपमा स्थापित छठ पूजालाई व्यवस्थित र आकर्षित बनाउने गरी तयारी पुरा गरिएको आयोजकले जनाएको हो ।


ADVERTISEMENT


सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पूजाको विभिन्न उपसमितिहरु गठन गरी भब्य तयारी गरिएको पूजा आयोजना मुलसमितिका प्रमुख सल्लाहकार खेमनारायण यादवले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सल्लाहकार यादवका अनुसार पर्वलाई व्यवस्थित र आकर्षक बनाउन उत्कृष्ट प्रवेशद्वार निर्माण, दुई ठुला र दुई साना गरी चार वटा पुल, मूर्ति घर, सेल्फी स्टन्डलगायतका कार्यहरु सम्पन्न गरिएको छ ।

त्यस्तै मुख्य घाट व्यवस्थापन, मुर्ति स्टल निर्माण, साँस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्वार, विजुली वत्ति, साउण्ड सिस्टम लगायतका काम समेत सम्पन्न गरिएको उनले बताए ।

अहिले त्रियुगा नदी किनारामा विभिन्न स्टलहरु निर्माण, दैनिकजसो सरसफाइ, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढाएको छ ।