काठमाडौँ – युएईमा आजदेखि सुरु भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एशिया क्षेत्र छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


दुवईको द सेभेन स्टेडियम क्रिकेट मैदानमा थाइल्याण्डले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले पूजा महतोको कप्तानीमा खेल्दैछ ।


ADVERTISEMENT

# # #


नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन, अलिशा कुमारी यादव (विकेटकिपर), साना प्रवीण, ज्योत्स्निका मरासिनी, कृष्णा गुरुङ, सावित्री धामी (विकेटकिपर), कुसुम गोदार, मनिषा कुमारी उपाध्याय, रिया शर्मा, त्रिसाना विश्वकर्मा, स्नेहार महरा। रचनाकुमारी चौधरी र सीमा केसी ।

नेपालसहित आयोजक युएई, थाइल्याण्ड र कुवेत गरी ४ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग २२ खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगामी जनवरीमा मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् ।