काठमाडौँ – अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड जे.ट्रम्प विजयी भएका छन् । ७८ वर्षीय रिपब्लिकन उम्मेदवार ट्रम्पले अमेरिकाकी बहालवाली उपराष्ट्रपति डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित बनेका हुन् ।


ADVERTISEMENT


अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोटह रहेको राष्ट्रपतिमा जितका लागि बहुमत अर्थात् २७० इलोक्टोरल भोटको आवश्यता पर्छ । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन् । उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसले २१९ इलेक्टोरल भोट ल्याइन् ।


ADVERTISEMENT

# # #


ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्। जर्जिया र नर्थ क्यारोलिनामा १६–१६ इलेक्टोरल भोट छन् । जबकि पेन्सिलभेनियामा सबैभन्दा बढी १९ इलेक्टोरल भोट छ ।

यी तीन बाहेक, अन्य स्विङ राज्यहरू नेभाडा, मिशिगन र एरिजोना हुन्। पहिलोपटक ४५औँ राष्ट्रपतिमा निर्वाचित ट्रम्प ४६औँ राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । राष्ट्रपति हुँदा नै पराजित भएका उनी पार्टी विपक्षीमा हुँदा भने शानदार पुनरागमन गर्दै दोस्रो पटक राष्ट्रपति बनेका हुन् ।

ट्रम्पको विजयले उनीविरुद्धका दुई हत्या प्रयास, दुई राष्ट्रपति महाभियोग र उनका आपराधिक सजाय र अन्य धेरै आपराधिक आरोपहरूलाई अस्वीकार गरिदिएको सीएनएनले जनाएको छ ।