काठमाडौँ– नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ ।
सत्ताबाट बाहिरिएपछि सबै प्रदेशमा परामर्श समितीको बैठक गरेको माओवादीको दशैंतिहारलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो। तर, उपनिर्वाचनको मिति नजिकिएकाले ध्यान त्यतै केन्द्रीय हुने भएकाले अहिले नबस्ने केन्द्रीय पार्टीले कमिटी बैठकलाई रद्द गरेको छ ।
केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने भएकाले प्रचण्डले छलफलका लागि पदाधिकारी बैठक डाकेका छन्। सचिव दिनानाथ शर्माले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पेरिसडाँडामा बैठक बस्नेगरी बोलाएको बताए।
निर्वाचन आयोगले मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचनको तयारी तीव्र पारेको छ । सात प्रदेशका विभिन्न ४४ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । माओवादीले उपनिर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरे पनि आवश्यकता अनुसार विपक्षी दलहरूसँग सहकार्य हुन सक्ने विकल्प बाँकी राखेको छ ।



























































