काठमाडौँ– ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा लागेको बताए ।


ADVERTISEMENT


क्यानडामा रहेका नेपालीहरुको संस्थाका प्रतिनिधि प्रभाकर रेग्मीले क्यानडामा गैरआवासीय नेपाली संघले नेपाली भाषा, साहित्य, कलाको प्रवद्र्धनका निम्ति बालबालिकालाई नेपाली भाषा पठनपाठनको व्यवस्था गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रमको प्रारम्भमा नेपालका राष्ट्रिय झण्डा फहराउनाका साथै राष्ट्रिय धुन बजाइएको थियो भने ज्ञातअज्ञा शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।