काठमाडौ–प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कुनै पनि निर्णय खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ । काँग्रेस नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अघिल्ला सरकारले गरेका निर्णय नयाँ सरकारले खारेज गरे परिणाम नराम्रो आउने चेतावनी दिए । उनले प्रजातन्त्रमा अघिल्ला सरकारले लिएका निर्णय नयाँ सरकारले खारेज गर्नु न्यायसंगत नहुने तर्क गरे ।


ADVERTISEMENT


संविधान, कानुन र मुलुकमाथि आर्थिक भार थोपर्नेगरी देउवा नेतृत्वको सरकारले लिएका निर्णय फिर्ता लिने नयाँ सरकारले तयारी गरिरहेको छ । तर, सरकारको सम्भावित निर्णयप्रति लक्षित गर्दै काँग्रेस नेता प्रधानले भने ‘प्रजातन्त्रमा त्यसो गर्न न्यायसम्मत हुनै सक्दैन ।’


ADVERTISEMENT

# # #


सोमबार काठमाडौंमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा बोल्दै उनले आंशिक प्राध्यापकहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरे । काँग्रेस नेता प्रधानले आफूहरुको समस्या समाधान नभए अनसन बस्न तयार हुन आंशिक प्राध्यापकहरुलाई सुझाव पनि दिए ।