काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले डिभिजन टु मा प्रसंशनीय प्रदर्शन गरेर आगामी महिनामा जिम्बाबेमा हुने विश्वकप छनोटका लागि छनोट हुन सफल नेपाली क्रिकेट खेलाडिलाई जनही ३/३ लाख दिने घोषणा गरेका छन् ।


ADVERTISEMENT


आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अफ्ठ्यारो परिस्थितिमा पनि खेल जित्न सफल नेपाली टिमको प्रशंसा गर्दै जनही ३ लाखले सम्मान गरेका हुन् । क्रिकेटभित्रको विवाद समाधान गर्ने आश्वासन दिँदै उनले भने, “विवाद समाधानको लागि सरकारले ध्यान दिनेछ । सरकारको तर्फबाट ३ लाखको दरले प्रत्येक खेलाडिलाइ सम्मान गर्दै यो सफलताको खुसी बाड्न चाहन्छु ”


ADVERTISEMENT

# # #


त्यसैगरी कप्तान पारस खडकाले आन्तरिक विवाद नसुल्झाय अगाडिको बाटो अन्धकार भएको बताउँदै टिमको पर्फर्मेन्स भन्दा पनि स्टरक्चरमा हुने सुधारले क्रिकेट विकास हुने बताए । उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समस्या समाधान हुने विश्वास व्यक्त गर्दै विश्वकप छनोटमा आफूहरुले पुर्ण प्रयास गर्नेछ बताए ।

खेलकुद मन्त्रालयका सचिव महेश दाहालले मुलपानी र कृतिपुर मैदान स्तरोन्नती भैरहेको बताउँदै क्यानको समस्या लाई समाधान गर्ने प्रयत्नमा मन्त्रालय रहेको जानकारी दिए ।

यस्तै मदन भन्डारी स्पोर्ट्स एकेडमिले पनि प्रत्येक खेलाडिलाइ १ लाख हस्तान्तरण गर्ने जनायको छ ।