डडेल्धुरा– नेपाली काँग्रेसका नेता नैनसिंह महरले जनता छाएको निराशालाई आशामा बदल्न सरकार जनअपेक्षा अनुसार चल्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता महरले सरकारको सयदिने हनिमुन अवधीको समिक्षा गर्दा सरकारले खासै सफलता हात पार्न नसकेकोले ससंदको सबभन्दा ठुलो पार्टी काँग्रेसले मुख दर्शक भएर बस्नुको औचित्य नभएको जनाए ।


ADVERTISEMENT

# # #


सरकारका सफलता र असफलता संग मुख्य रुपमा काँग्रेसको प्रतिष्ठा जोडिएकोले काँग्रेसले संचालन गरेको देशब्यापी अभियानमा सरकारका प्रति जनता सन्तुष्टिको समिक्षा हुने र त्यस पछाडी पनि सरकार जनअपेक्षा अनुसार चल्न नसके कांग्रेसका अगाडी नयाँ कदम चाल्नु पर्ने अवस्था आउन सक्ने उनको भनाई छ ।

नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य महरले एक फरक प्रसङ्गमा संविधानमा लेखिएको निःशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसले विमर्शात्मक अभियान मंशिरको पहिलो हप्ताबाट शुरु गर्ने जानकारी दिए ।