पोखरा – पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइएको छ ।
सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका लामिाछनेलाई चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।
रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।