ललितपुर– ललितपुरमा नागरिक सुनुवाई तथा आन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


 

शनिवार प्रहरी प्रभाग लुभु, ललितपुर एवम् प्रहरी वृत्त सातदोबाटो ललितपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


महालक्ष्मी नगरपालिका–८ लुभु खानेपानी संस्थाको सभाहलमा आयोजित उक्त समारोहको प्रमुख अतिथिमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठ तथा विशिष्ट अतिथिमा महालक्ष्मी नगरपालिका उप–मेयर लक्ष्मी महर्जन रहेका थिए ।

कार्यक्रममा सभा अध्यक्ष प्रहरी वृत्त सातदोबाटो ललितपुरका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराई, प्रहरी प्रभाग लुभुका प्रमुख वरिष्ठ सई हरि खड्का, जनप्रतिनिधि सदस्य ,महिला समुह, शिक्षक/शिक्षिका, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा स्थानिय गरी कुल ७० जनाले उपस्थित जनाएका थिए ।