मकवानपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।


ADVERTISEMENT


आइतबार मकवानपुर थाहाको बज्रबाराहीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले उक्त आशंका गरेका हुन् । ‘सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी उद्दत देखिएको छ’, उनले भने ।


ADVERTISEMENT

# # #


राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्न अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको भन्दै प्रचण्डले यो गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे ।

त्यस्तै उनले सरकारले आफु नेतृत्वको सरकारले गरेको राम्रा काममाथि आक्रमण र नराम्रा कामको रक्षा गर्ने तर्फ अघि बढेको हो की भन्ने आशंका समेत पैदा भएको धारणा राखे । प्रचण्डले मन्त्री हुनका लागि सांसद हुनुपर्ने बाध्यात्मक अवस्था हटाउनका लागि निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताए ।

सरकार छाडेपछि माओवादी सहज अवस्थामा रहेको र जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएको उनको भनाई छ । आफु नेतृत्वको सरकारले गरेका काम र उपलव्धीहरु जनतालाई जानकारी गर्दै पार्टीलाई बलियो बनाउन ध्यान केन्द्रित गर्ने उनले जनाए ।