ललितपुर– ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
महानगरले ललितपुरको हरिहर भवनमा रहेको सहकारी बोर्डको पर्खाल डोजर लगाएर भत्काएको हो ।
२०७३ साल पुसमा नै तत्कालिन ललितपुर उपमहानगरपालिकाले सडक ओगटेर बनाएको मापदण्ड विपरीतको उक्त पर्खाल भत्काउने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध बोर्ड अदालत गएको थियो । अदालतले समेत उक्त संरचना मापदण्ड बिपरित रहेको ठहर गरेपछि महानगरले डोजर लगाएर पर्खाल भत्काएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
पर्खाल भत्काएसंगै उक्त स्थानमा सर्वसाधारणका लागि आवतजावत गर्न सडक खुल्ला हुने नगर प्रहरी प्रमुख हाछेथुले बताए ।