काठमाडौँ– एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ ।


ADVERTISEMENT


न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पान्डेको संयुक्त इजलासमा तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको हो ।


ADVERTISEMENT

# # #


एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भइसकेको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिब एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन् । सो जग्गा उनै गुरुङले सरकारलाई दानमा दिएका थिए ।

विवादास्पद व्यक्तिले दिएको दान लिनु गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न माग गरेर अधिवक्ता ज्ञानबहादुर बस्नेतसमेतले रिट दायर गरेका थिए।