काठमाडौँ– जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले एक महिनामै फरार ६६ जना प्रतिवादीलाई नियन्त्रणमा लिएका छन् ।


ADVERTISEMENT


एकमहिने कार्यसम्पादनबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा एसपी खतिवडाले फरार रहेकामध्ये ६६ जनालाई नियन्त्रणमा लिएर अदालत बुझाइएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेका उनले सो क्रममा तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल उपर समेत गरेका छन् ।

पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित छन्।

‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन र कानूनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ समाराहेलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक खतिवडाले भने, ‘हामी पुराना फाइल हेर्दैछौं। दोषी ठहर भएका तर सजाय नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौं।’

विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अभियुक्तलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको उनले बताए ।

जिल्ला अदालतको बेरूजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको खतिवडाको भनाई छ ।