काठमाडौँ– सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस गरेको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारको निर्णय उल्ट्याउँदै योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गर्भनर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण विडारी र योजना आयोगकी पूर्व सदस्य विमला पौडेल राईलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको हो ।


ADVERTISEMENT


सरकारले सिफारिस गरेका ३ जनालाई राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ । ५९ सदस्य राष्ट्रय सभामा ५६ जना भने प्रदेशबाट निर्वाचित भइसकेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि निर्वतमान प्रधानमन्त्री शेर बहादुर देउवाले दुई साताअघि कृष्ण प्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनयन गर्नुभएको थिएन । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।