काठमाडौं – विप्लव माओवादीका कार्यकर्ताले काठमाडौंको मध्यबानेश्वर स्थित एक घरमा पार्किङ गरिराखेको सरकारी गाडी आगजनी गरेका छन् ।


ADVERTISEMENT


विप्लव माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ ।


ADVERTISEMENT

# # #


मंगलबार विहान जिल्ला अदालत ओखलढुंगाको स्वामित्वमा रहेको बा १ झ ८१३८ नम्बरको गाडीमा अज्ञात समुहले आगजनीको प्रयास गरेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।

‘गाडीमा सामान्य क्षती पुगेको छ’ डिएसपी पौडेलले भने, ‘प्रहरी तत्काल घट्नास्थलमा पुगेर आगो निभाउन सफल भएको हुनाले ठुलो क्षती हुन पाएन् ।’

प्रहरीका अनुसार घरको साईडमा पार्किङ गरि राखेको सरकारी नम्बरको टाटा सुमोमा विप्लवका कार्यकर्ताले विहान ८ बजेतिर आगजनी गरेर भागेका थिए ।

आगजनीमा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ ।