चितवन– काँग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको अभिव्यक्तिका कारण पार्टी कार्यकर्ताको मनोबल कमजोर भएको बताएका छन् ।प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अहिलेको विधानबाट पार्टी चल्न नसक्ने पनि बताए ।


ADVERTISEMENT


“सभापतिज्यूले पार्टी हारेको होइन, व्यक्ति हारेको हो भन्न सुहाउँछ ?’ नेता कोइरालाले भने, यस्तो अभिव्यक्तिले कार्यकर्ताको मनोवल कसरी बलियो हुन्छ ? बरु कमजोर हुन्छ ।’


ADVERTISEMENT

# # #


नेता कोइरालाले अहिलेको बिधानबाट पार्टी चल्न नसक्ने भन्दै जतिसक्दो चाँडो महासमिति बैठक बोलाउन माग गरे । उनले अब कँग्रेसलाई संघीय संचरनामा लैजाने बेला आएको बताए ।

उनले पार्टी नेतृत्वले महासमिति बैठक नबोलाउन षडयन्त्र गरेको पनि आरोप लगाए ।

नेता कोइरालाले वीपीले अगाडि सारेको राष्ट्रियता त समाजवादको पुर्नपरिभाषा गर्नुपर्ने बेला आएको पनि बताए ।