काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । लघुवित्तले आइतबार विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।


ADVERTISEMENT


जसअनसार लघुवित्तले कर्पोरेट कार्यालय बनेपा, काभ्रेमा कार्यरत रहने गरी एक जना नायव प्रवन्धक (विभागीय प्रमुख/प्रदेश प्रमुख) माग गरेको छ । जसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र लघुवित्त क्षेत्रमा कम्तिमा १२ वर्षको कार्य अनुभव भएको तथा अधिकृत तहमा रही कम्तिमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै एक जना सहायक प्रवन्धकनायव प्रवन्धक (सूचना तथा प्रविधि विभाग प्रमुख) समेत माग गरिएको छ । यस्तै केही संख्यामा फिल्ड सहायक (कनिष्ठ सहायक) समेत माग गरिएको छ ।

देशभरका शाखा कार्यालयहरुमा काम गर्ने गरी सहायक श्रेणीका कर्मचारी माग गरिएको हो । जसका लागि (मोटरसाइकल/स्कुटर) भएको तथा शाखा कार्यालय भएको स्थानीयहरुलाई विशेष प्राथमिकता दिईने लघुवित्तले जनाएको छ ।

लघुवित्तका अनुसार आवेदकहरुले आवेदनमा आफूले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (रिफरेन्स पर्सन) को नाम/सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको बायो डाटा संलग्न गर्नु पर्नेछ ।

आवेदन दिनका लागि यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको वेबसाईटबाट आगामी मंसिर १२ गतेसम्म आवेदन दिन सकिने छ ।

हेर्नुहोस् विज्ञापन :