काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा नै आयोजना सम्पन्न नगर्ने कम्पनीसंग ठेक्का सम्झौता तोडिने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार बालुवाटारमा नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा क्रममा उनले लामो समयसम्म आयोजना सम्पन्न नगर्ने र आयोजना होल्ड गर्ने प्रवृति अन्त्य गर्दै तोकिएको समयमा काम नगर्ने कम्पनीसंगको ठेक्का सम्झौता तोडिने स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका बारेमा सरकार जानकार रहेको भन्दै उनले छिटै निकास निकाल्ने जानकारी दिए । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडक खण्ड सन् २०२६ मा सम्पन्न थर्न नसके सहयोग समेत आउन नसक्ने अवस्था रहने उनले बताए ।

उक्त सडकखण्ड निर्माणमा ढिलाई भएपछि नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो ।

हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ । रासस