काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीहरु विरुद्व सर्वाेच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी निवेदन दर्ता भएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलका अनुसार, रास्वपाका केन्द्रीय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वाेच्चमा निवेदन बुझाएका थिए ।


ADVERTISEMENT

# # #


सुरुमा अदालतले यो निवेदन दर्ता गर्न नमाने पनि त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश विनोद शर्माको इजलासले निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश बदर गरेपछि बुधवार उक्त अवहेलनाको निवेदन दर्ता भएको हो ।

लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा कार्तिक २ गते पक्राउ परेका थिए । त्यसयता रास्वपाका कार्यकर्ता एवम् नेताहरुले रविलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्व आन्दोलन गर्दै आएका छन् ।