काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।


ADVERTISEMENT


यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।


ADVERTISEMENT

# # #


जस अनुसार अब डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर भएको निगमले जनाएको छ ।

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखेको छ ।