ललितपुर – चांगाथली खानेपानी उपभोक्ता समितिको नेतृत्व नव नियुक्त अध्यक्ष रामकृष्ण बस्नेतले सम्हालेका छन् ।


ADVERTISEMENT


समितिको दोेस्रो साधारण सभाको निर्वाचनमा बस्नेत नेतृत्वको ११ सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएपछि समितिका पूर्व अध्यक्ष  बाबुराजा महर्जनले नवनियुक्त अध्यक्ष बस्नेतलाई एकहजार १६९ उपभोक्ता रहेको समितिको नेतृत्व हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्रमान अमात्य, सचिवमा देविका राई, कोषाध्यक्षमा मैयाँ महर्जन, सहसचिवमा दिपक बस्नेत तथा सदस्यहरुमा बाबुकाजी महर्जन, चन्द्र बहादुर महर्जन, शुभराज राई, श्यामलाल श्रेष्ठ, असलमाया महर्जन र विकास केसी रहेका छन् ।

विगत लामो समयदेखि खानेपानीको अभाव खेपिरहेका ललितपुरको पुर्वी भेग चांगाथलीका बासिन्दाहरुलाई स्थानीय युवाहरुको सकृयतामा १२ वर्षअघि चांगाथली क्लवमार्फत २०६९ साल मंसीर १७ देखि २५ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ लगाएर उठेको रकमबाट जग्गा खरिद गरि खानेपानी डिप बोरिंङ्ग गरिएको थियो ।

सो महायज्ञमा करीव १ करोड ७ लाख रुपैयाँ नगद संकलन भएकोमा सो रकमबाट ९ आना ३ पैसा जग्गा खरीद गर्नुका साथै स्थानीय समाजसेवी शिवराम खत्रीबाट १ आना २ पैसा र मेखबहादुर खत्रीबाट १ आना १ दाम जग्गा दान प्राप्त भएकोमा सोही ठाउँमा खानेपानी बोरिङ्ग गरि स्थानीय वासिन्दालाई वितरण गरिएको खानेपानी उपभोक्ता समितिका निवर्तमान अध्यक्ष एवम् महालक्ष्मी नगरपालिका वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जनले बताए ।

सो समितिले खानेपानीको थप धारा वितरण गर्न चांगाथली बुद्ध विहार हातामा अर्को डिप बोरिङ्ग गर्ने काम सकिएको र मेलम्ची खानेपानीको लागि समेत पहल भईरहेको अध्यक्ष महर्जनले बताए ।