काठमाडौँ – कीर्तिपुर नगरपालिकाको मयेर पदमा हुन लागेको उपनिर्वाचनमा लागि प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारीहरु परेका छन् ।


ADVERTISEMENT


आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले, कांग्रेस, माओवाद, जसपा, राप्रपा, नेमकिपा लगाएत दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका हुन् । जसअनुसार एमालेकातर्फबाट सुरेन्द्र मानन्धरले कीर्तिपुर नगरको मेयर पदममा उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै माओवादी केन्द्रका तर्फबाट प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट श्रीकृष्ण महर्जन र जनता समाजवादी पार्टी नेपाल (जसपा)का तर्फबाट तेस्रोलिंगी दीपक महर्जनले उम्मेदवारी दर्ता गराए ।

यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन र दिनेशकुमार अधिकारीले कीर्तिपुरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । सो क्रममा मेयर पदका उम्मेदवारहरुले नगरलाई बिकासको बाटोमा अघि बढाउदै जनताका सेवामा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

उम्मेदवारी दर्तापछि नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोलले कीर्तिपुरवासीले विकासको काम काँग्रेसले मात्रै गर्न सक्ने राम्रोसँग बुझेकाले आफ्नो जित निश्चित भएको बताए । यसअघिका कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख स्वर्गीय राजकुमार नकर्मीका योजनालाई अघि बढाउन पनि काँग्रेस नै जित्नु आवश्यक रहेको बताए ।

यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र मानन्धरले आफू निर्वाचित भए कीर्तिपुरमा एकता र सहकार्यको इतिहास पुनः कायम गर्ने बताए । उनले कीर्तिपुरको विकास र समेद्धिका लागि एमालेलाई निर्वाचित गर्ने बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले आफू सामाजिक रुपमा काम गरेको र निष्कलंक रहेको तथा सबै माओवादी एक ठाउँमा आएकाले जित निश्चित भएको दाबी गरे । उनले आफू निर्वाचित भए भ्रष्टाचार निबारणमा ध्यान दिने उल्लेख गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार काँग्रेस एमाले लगायतका पार्टीलाई जनताले हेरिसकेकाले कीर्तिपुरमा आफ्नो आवश्यकता रहेको बताए । यस्तै स्वतन्त्र रुपमा उठेका राजमान महर्जनले विश्वलाई नै सफा गर्ने अभियान कीर्तिपुरबाट सुरु गर्न आफूले मेयरमा उम्मेदवारी दिएको बताए ।

कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्ष पदमा हुन लागेको वडाध्यक्ष पदमा समेत विभिन्न दलका साथै स्वतन्त्र उम्मेदवारी परेको छ ।